सामाजिक आर्थिक रुपान्तरणको अभियानमा एकता बद्द भएर लागौ-प्रवक्ता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ३ २०७६
11.2K
SHARES

३ माघ काठमाडौं ।आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फबाट उम्मेदवार बनेका प्रवक्ता नारायणकाजी श्रेष्ठ चुनावी भेटघाटका क्रममा बिहिबार स्याङ्जा सदरमुकाम पुतलीबजार पुगेका छन् । गण्डकी प्रदेशमा ‘अन्य समूह’बाट उम्मेदवार बनेका पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता श्रेष्ठले बिहिबार स्याङ्जामा मतदाता र पत्रकार हरुसंग भेटघाट गरे । श्रेष्ठले पार्टीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुसँग निर्वाचनमा केन्द्रित भएर छलफल गरेका थिए ।

सो अवसरमा उम्मेदवार श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरण को अभियानमा एकता बद्द भएर सबै दल र समूह लाग्नुपर्ने बताए ।राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यका ४८ र स्थानीय तहका प्रमुख-उपप्रमुखको १८ मतभार छ । निर्वाचनमा गण्डकी प्रदेशसभामा कूल दुई हजार ८८० र स्थानीय तहमा तीन हजार ६० गरी पाँच हजार ९४० मतभार छ । सोमध्ये सत्तारुढ नेकपाको प्रदेशसभामा एक हजार ९२० र स्थानीय तहमा एक हजार ५१२ मत छ ।