धनुषाधाममा एनआईसी एशिया बैंकको शाखा विस्तार


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०७६
7.9K
SHARES

७ फागुन काठमाडौँ । एन आई सी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ मा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको २०७६ फागुन ६ गते औपचारिक रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो ।

सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट आज एक समारोहका बीच उक्त शाखाको उद्घाटन भएको बैंकले जनाएको छ । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।