डलरको भाउ उच्च


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०७६
3.3K
SHARES

२४ फागुन काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ । बिहीबार डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा रहेको थियो ।

यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७५ पैसा रहेको छ ।यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ ।