भारततर्फ आवत जावतका लागि नाका सिमित गरिने
३० फागुन काठमाडौं । नेपाल सरकारले भारततर्फ आवत जावतका लागि नाका सिमित गर्ने र चेकजाँचमा कडाई बनाउने निर्णय गरेको छ । यसका लागि गृहका साथै परराष्ट्र मन्त्रालयले भारत सरकारसँग समन्वय गर्नेछ ।बैठकले संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाइने अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । ‘सम्भव भएसम्म घनाबस्ती भन्दा पर व्यवस्था गर्ने गरी काम गर्ने भनेका छौं’ उनले भने, ‘आवश्यक परे सैनिक सुरक्षाकर्मीले थप व्यवस्था गर्ने र तत्काल संरचना बनाउन सक्ने गरी जान्छौं ।
स्वास्थ्य जनशक्तिका लागि मेडिकल कलेजका साथै रेडत्रस, स्टाकाउट लगायतका संघ संस्थाबाट पनि स्वयमसेवक खटाउन सक्ने गरी तयारी गर्ने निर्णय भएको छ । ‘अहिले नै टेकअफको स्टेजमा होइन, तर पूर्वतयारी हो’ उनले भने ।उच्चस्तरीय समन्वय समितिको बैठकले यो सिजनको हिमाल आरोहण पनि स्थगित निर्णय भएको छ । तर विद्यालय तथा कलेजहरु भने बन्द नगर्ने निर्णय भएको छ । संक्रमण देखिहालेमा यसबारे तत्काल नै निर्णय गरिनेछ । समितिले राजनीतिक भेलाका साथै विवाह भोजभत्तेर कम गर्न समेत सार्वजनिक रुपमा आह्वान गरेको छ ।