पेट्रोलियम पदार्थको मूल्य घट्यो
४ चैत्र काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गिरावट आइरहेको बेला नेपालमा पनि पेट्रोल डिजेलको मूल्य घटाएको निगमले जनाएको छ ।निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँमा पाउनेछन्
निगमले हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसा प्रतिलिटरमा घटाएको छ । योसँगै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ९० रुपैयाँ प्रतिलिटर कायम भएको छ ।निगमले एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।