माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६
7.3K
SHARES

११ चैत्र काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको ४१७ औं बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइरालालाई नियुक्त गरेको छ।आगामी वैशाख १ देखि लागू हुनेगरी ४ वर्षको कार्यकालका लागि उनलाई नियूक्त गरिएको बैंकले जनाएको छ।हाल उनी यस बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्। विगत ७ वर्षदेखि यस बैंकमा कार्यरत कोइरालासँग समग्र बैकिङ्ग क्षेत्रको २१ वर्षको अनुभव छ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट “एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम”मा डिप्लोमा गरेका छन्।बैंकका हाल १५९वटा शाखा, ५ वटा एक्टेन्सन काउन्टर, १४८ वटा शाखारहित बैकिङ्ग सेवा तथा १९६ एटिएमबाट सेवा उपलब्ध गराउँदै आएको छ।