उपत्यकाका पत्रकारकारलाई स्वास्थ्य सामाग्री र प्रेस ज्याकेट हस्तान्तरण


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २६ २०७६
4.9K
SHARES

२६ चैत्र काठमाडौँ । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का ललितपुर जिल्ला सचिवले उपत्यकाभित्रका पत्रकारलाई प्रेस ज्याकेट, मास्क र स्यानेटाइजर हस्तान्तरण गरेका छन् । आज ललितपुरमा एक कार्यक्रमका बीच नेकपा प्रदेश कमिटि सदस्य समेत रहेका शिवप्रसाद कट्टेल र नेकपा ललितपुरका कार्यालय सदस्य सरोज डंगोलले काठमाडौं, ललितपुर र भक्तपुरका प्रेस संगठन नेपाललाई तीनसय सेट हस्तन्तरण गरेका हुन् ।

देश लकडाउन भएको र पत्रकारहरु फ्रन्टलाइनमा बसेर रिपोटिङ गर्न अप्ठारो भएको महसुस गरेकोले ज्याकेट लगायतका सामग्री हस्तान्तरण गरेको नेता शिव प्रसाद कट्टेलले बताए ।पत्रकारलाई आवश्य भएको ज्याकेट लगायतका सामग्री प्रदान गरेकोले आफूलाई थप जिम्मेवारी महसुस भएको प्रेस संगठन नेपाल काठमाडौंका अध्यक्ष सागर पन्तले बताए ।

सो अबसरमा प्रेस संगठन नेपाल ललितपुर, काठमाडौं, भक्तपुरको संयोजक, सहसंयोजक, उपत्यका प्रदेश समिति सदस्य प्रविन कुमार चौधरी, प्रकृति नेपाललगायतको उपस्थिति रहेको थियो ।