विश्व स्वास्थ्य संगठन भन्छ स्वाइन फ्लूभन्दा कोरोना १० गुणा बढी खतरनाक


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २ २०७७
6.2K
SHARES

२ बैशाख काठमाडौँ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् । डा. टेड्रोसले खोप बिना कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा कुनै पनि हालतमा रोक्न नसकिने जानकारी दिएका छन् ।

टेड्रोसले सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस थप घातक भएको पनि बताए । उनले भने, ‘हामीलाई राम्रोसँग थाहा छ कि कोभिड–१९ तीब्र रुपमा फैलिरहेको छ । हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ को स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक छ ।’