लकडाउन एकसाता थप्ने तयारी
२ बैशाख काठमाडौं । मन्त्रिपरिषद्को बैठक मंगलरबार बस्दैछ । बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी गरेको स्रोतले जानकारी दियो । मन्त्रिपरिषद् बैठकले अरू नियमित प्रस्तावमाथि पनि छलफल गर्नेछ ।सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ ।
मुलुकभित्र कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ ।सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।