बेलायतमा कोरोनाबाट १६ हजारभन्दा बढीको मृत्यु
८ बैशाख काठमाडौँ । बेलायतमा कोरोना भाइरस कोभीड–१९ को संक्रमणबाट थप ५ सय ९६ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफहेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यसरी मृत्यु हुनेहरुमा इङ्ग्ल्याण्डमा ४ सय ८२ जना, वेल्समा ४१ जना, स्कटल्यान्डमा १० जना र नर्दर्न आएरल्याण्डमा एक जनाको निधन भएको हो । पछिल्लो ताथ्यांकअनुसार बेलायतको अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट निधन हुने कूल संख्या १६ हजार ६० पुगेको छ ।
‘नेशनल केयर फोरम’द्वारा जारी तथ्याँकअनुसार केयर होम र प्राइभेट रेसिडेन्टहरुमा ४ हजार भन्दा बढीको मृत्यु बताएको छ । जसनुसार बेलायतमा बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजारको हाराहारीमा रहेको बताइएको छ ।अहिलेसम्म बेलायतमा डेढ दर्जन नेपालीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने तेसमध्ये झन्डै एक दर्जन जति पूर्वगोर्खाहरु रहेका छन् ।गैरआवासीय नेपाली संघको कोभीड–१९ उच्चस्तरिय समिति अन्तर्गतको स्वास्थ्य समितिको तथ्याँकअनुसार यसअघि नै संसारभरिमा २९ जना नेपालीहरुको निधन भएको छ । मृत्यु हुनेमा आधाभन्दा बढी संख्या बेलायतकै रहेको छ ।