प्रधानमन्त्री र सभामुखबीच भेटघाट


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७
16.5K
SHARES

१७ वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको हो । आगामी बजेटमा विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो ।

भेटमा संघीय संसदको बजेटबारे छलफल भएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए । बजेट (वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको थियो ।संविधानमै व्यवस्था भएअनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकोले सरकारले कोरोना संकटकै बीच बजेटको तयारी थालेको छ ।