प्रतिपक्षी ७ विद्यार्थी संगठनद्धारा परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७
4.1K
SHARES

२९ बैशाख काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्वमा प्रतिपक्षी ७ विद्यार्थी संगठनले परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीलाई ज्ञापन पत्र बुझाएका छन् । मन्त्री ज्ञवालीलाई बुझाईएको सयुक्त ज्ञापन पत्रमा नेपालको भुमिबाट तिव्वतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्ने लिंक रोड निर्माण गर्ने भारतीय मिचाह प्रवृत्ति खेदजनक भएको उल्लेख छ ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग हो, भन्ने प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको सन्दर्भमा आफ्नो भूमीको रक्षा गर्न सरकार द्वारा कुनै ठोस कदम नबढाउँनु दुःखद बिषय हो, सयुक्त विज्ञप्तीमा उल्लेख छ ।यो समस्या समाधानका लागि सरकारले तदारुकता नदेखाए भारतीय मिचाह प्रवृति र सरकारको उदासीनताका विरुद्द आन्दोलनमा उत्रिने विपक्षी विद्यार्थी संगठनको उद्घोष छ ।