सार्वजनिक विदा चन्द्रमा नदेखिएका कारण सोमबारका लागि सारियो
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ११ २०७७
4.4K
SHARES
११ जेष्ठ काठमाडौं । सरकारले मुस्लिम समुदायको पर्व इदुल फित्रको अवसरमा दिएको सार्वजनिक विदाको सूचना सच्याएको छ । सो पर्वको अवसरमा आइतवार दिने भनिएको सार्वजनिक विदा चन्द्रमा नदेखिएका कारण सोमबारका लागि सारिएको हो ।
गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी नेपाल र दक्षिण एसियाभरबाट जेष्ठ १० गते चन्द्रमा नदेखिएको र उक्त पर्व १२ गते मनाउने निर्णय भई सोही अनुसारको अनुरोध आएकोले विदा सारिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट