सरकारले अब उद्योग सञ्चालन गर्न दिने


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०७७
5.3K
SHARES

१३ जेष्ठ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित मापदण्डका आधारमा उद्योग सञ्चालन गर्न दिने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले काममा आउने श्रमिकलाई समुदायमा छ्यासमिस नगर्ने सर्तमा उद्योगहरु चलाउन दिने बताएका हुन् ।

उद्योगका कामदार जुन जिल्लाका हुन उनीहरुको कोरोना परिक्षण गरी प्रशासनले उद्योगसम्म पुयाईदिने व्यवस्था गर्ने र आफ्ना कर्मचारीले तोकेको मापदण्ड अनुसार व्यवहार गरे नगरेको बारेमा आफैले मूल्याङ्कन गरी प्रशासनमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको बताए । यो प्रक्रियालाई हेरेर अन्य उद्योगहरुलाई पनि सञ्चालनको अनुमति दिइने उनले बताए ।