देवः विकास बैंक लि.को तेहौं वार्षिक साधारण सभा सम्पन्न
२० जेष्ठ काठमाडौँ । देवः विकास बैंक लि.को तेहौं वार्षिक साधारण सभा सोमबार संचालक समितिका अध्यक्ष उपरथी बज्र गुरुङ्ग (अ.प्रा.)को अध्यक्षतामा काठमाडौमा सम्पन्न भएको छ । कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर गरी बैंकको साधारण सभामा सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी बैकका शेयरधनी महानुभावहरु अनलाइन मार्फत भरच्यूअली सभामा सहभागी हुनु भएको थियो भने सहभागी शेयरधनीहरुले आ–आफ्मनो मन्तब्य अनलाइन मार्फतनै राखेका थिय ।
सोमबारको सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंक लि.को संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷७६ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वसम्मतिबाट पारित भयको छ ।
यसै गरी विशेष प्रस्ताव अन्तर्गत यस साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७५/७६ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ८.५५ प्रतिशत अर्थात रु. २७,१६,४२,१२९.२९ (अक्षरेपी रु. सत्ताइस करोड शोह्र लाख बयालिस हजार एक सय उनानतिस र पैसा उनानतिस मात्र) बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरिएको छ ।
बिशेष प्रस्ताव अन्तर्गत यस बैंक लि.लाई कुमारी बैंक लि.ले प्राप्ति गर्ने र सो प्रयोजनका लागि सम्पत्ति दायित्व मूल्याकन प्रतिवेदन समेतका आधारमा यस बैंकको १ (एक) कित्ता शेयर बराबर कुमारी बैंक लि.को ०.८६ (शुन्य दशमलब आठ छ) कित्ता शेयर दिने गरी शेयर आदान प्रदान अनुपात (क्जबचभ क्धबउ च्बतष्य) कायम गर्ने प्रस्ताव लगायत प्राप्ति सँग सम्बन्धित स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ।