नेपालमा एक लाख भन्दा बढीको पीसीआर टेष्ट
२७ जेष्ठ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पत्ता लगाउने गरिएको आरटी पीसीआर टेष्ट एक लाख कटेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७६६ नमुनाको पीसीआर टेष्ट गरिएको थियो । त्यसक्रममा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
साथै अहिलेसम्म पीसीआर टेष्टको संख्या एक लाख ९७१ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ९४२ आरडीटी टेष्ट भएको छ । यससँगै कुल आरडीटी टेष्टको संख्या १ लाख ५६ हजार ९९१ पुगेको छ ।सातै हाल १ लाख ७० हजार ७३२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।