नेपाल कोरोना संक्रमित ४ हजार नाघे


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७
7.2K
SHARES

२८ जेष्ठ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचारत ६८ वर्षीय पुरूषको मंथलबार विहान निधन भएको हो ।भरतपुर महानगरपालिका वडा नं. ११ कोलटाँडीका उनलाई सुगर, प्रेसर र मुटुसम्बन्धी रोग थियो । स्वास्थ्यमा समस्या भएपछि पाँच दिनअघि अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।उनलाई कोभिडको ‘लेभल १’ उपचार गर्ने भरतपुर अस्पतालमा सोमबार साँझ सारिएको थियो चजे उपचारको क्रममा मंगलबार विहान ७ बजेर ६ मिनेटमा मृत्यु भयो ।

मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै सल्यान, नवलपरासी र सिराहामा १२/१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०/१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७/७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या संख्या चार हजार ८५ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ५८४ जना डिस्चार्ज भएका छन् ।