गोरखामा बुधबार थप चारजनामा कोरोना संक्रमण पुष्टी


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७
7.3K
SHARES

२९ जेष्ठ काठमाडौँ । गोरखामा बुधबार थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

‘तीन जना पुरुष भारतबाट आएका हुन् भने ‘एक जना महिला चितवनको भरतपुर अस्पतालबाट आएकिहुन ।’यही जेठ ८ गते भरतपुर अस्पतालबाट आएकी महिला जनशक्ति आधारभूत विद्यालयको क्वारेन्टिनमा थिइन् ।अन्य संक्रमितमध्ये दुई जना जेठ १४ गते र एक जना जेठ १० गते गाउँ आएका थिए ।

उनीहरुमध्ये एक जना कनकामना आधारभूत विद्यालय र एक जना निर्माणाधीन एकीकृत मिलन वस्तीको क्वारेन्टिनमा बस्दै आएका थिए ।संक्रमितहरु भीमसेनथापा गाउँपालिका १, ५ र ६ का हुन् ।बाँकी एक जना होम क्वारेन्टिनमा रहेका छन । उनीहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याउनका लागि छलफल भइरहेको तामाङले बताइन् ।