काठमाडौं उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिए


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ७ २०७७
6.7K
SHARES

७ अषाढ काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन्।शनिबार स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा १ महिला र भक्तपुरमा ७ महिला संक्रमित थपिएका जानकारी दिएका हुन्।

शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ। जसमध्ये महिला सात सय ५६ जना छन् भने पुरूष सात हजार आठ सय ४९ जना छन्।