शेयर बजार मंगलबारदेखि खुल्ने


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १३ २०७७
6.7K
SHARES

१३ असार काठमाडौं । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो । शुक्रबार लगानीकर्ताहरुसँगको छलफलपछि नेपाल धितोपत्र बोर्ड बजारको कारोबारलाई खुला गर्ने निष्कर्षमा पुगेको थियो । तर त्यसलाई औपचारिकता दिन बोर्डको सञ्चालक समितिको बैठक आइतबार बस्दैछ । आइतबारको बैठकले शेयर बजार खुला गर्ने सम्बन्धमा निर्णय गर्ने अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

‘भोलि हाम्रो सञ्चालक समितिको बैठक बस्दैछ । बैठकपछि मुन मोडालिटीबाट बजार खोल्ने भन्ने छलफल हुन्छ, छिटै नै बजार खोल्न हामी निर्देशन दिन्छौं’ अध्यक्ष ढुंगानाले भने, ‘बजारलाई कुन मोडालिटीबाट खुला गर्ने भन्नेमा हामी छलफल गर्छौं, त्यही अनुसार कहिलेदेखि खुला गर्ने भन्ने निश्चित हुन्छ, तर हामी बजार खोल्न विलम्ब नगर्ने पक्षमा छौं ।’