नेकपा पालुङ्गटार नगर कमिटी द्वारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
१३ असार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पालुङ्गटार नगर कमिटीले पालुङ्गटार नगरपालिकालाई स्वास्थ्य तथा खाद्य सामग्री हस्तान्तरण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकीय सचिव वसन्त देवकोटाको पहलमा उक्त स्वास्थ्य तथा खाद्य सामग्री हस्तान्तरण गरिएको हो।पालुङ्गटार नगर कमिटीका अध्यक्ष अजय देवकोटाले शुक्रवार एक कार्याक्रमका विच नगरपालिकाका प्रमुख दीपक बाबु कंडेल र उप प्रमुख पम्फा बसेललाई सयुक्त रुपमा थर्मल गन, २ सय ५० थान N95 मास्कसहित खाद्य सामग्री हस्तान्तरण गरे।
नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुलाई आवस्यक खाद्य सामग्री हस्तान्तरण गरिएको स्वकीय सचिव देवकोटाले जानकारी दिए । नगरपालिकाको लागि आवस्यक भिटीएम किट्स लगायतको थप स्वास्थ्य सामग्री उपलब्ध गराउने तयारी भएको समेत उनले बताए।