प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेल नियुक्त


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७
7.1K
SHARES

६ साउन काठमाडौं । प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेल नियुक्त भएका छन् ।पोखरेललाई बैंक सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो समयको अनुभाव रहेको छ ।

समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएपछि पोखरेलले प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए ।सन् १९९० मा सहायक स्तरबाट नबिल बैंकबाट बैंकिङ्ग करियर शुरु गरेका पोखरेलसँग नेपाल एसविआई बैंक, एनसीसी बैंक, हिमचुली विकास बैंकमा समेत काम गरेका अनुभव छ।