नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७
4.4K
SHARES

६ साउन काठमाडौं। नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७३ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या ११हजार ८ सय ६८ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ९सय ३६ जनाको उपचार भइराखेको छ ।सोमबारसम्म ५ हजार ९ सय ३६ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।