नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७
4.6K
SHARES

९ साउन काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो ।

पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले बताए ।सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो ।