बैंकहरु पुनरकर्जाका लागि धमाधम आवेदन माग्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७
3.3K
SHARES

१७ भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योग–व्यवसायहरुलाई उपलब्ध गराउने पुनरकर्जाको प्राप्ति प्रक्रियाबारे विभिन्न गुनासो आएपछि यसलाई सरल र सहज बनाइएको छ । राष्ट्र बैंकले कार्यविधि संशोधन गरेसँगै अब निजी क्षेत्रले पुनरकर्जा पाउनका लागि पहिलाजस्तो झण्झटको सामना गर्नु नपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

झण्झटिलो प्रक्रियाका कारण पुनरकर्जा को उपयोग भने अत्यन्तै कम हुने गरेको थियो । कार्यविधि संशोधनपछि भने बैंकहरुले पुनरकर्जाका लागि धमाधम आवेदन माग गरिरहेका छन् । राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेपछि बैंकहरुले पनि आफ्ना ग्राहकहरुलाई भनेका हुन् । बैंकहरुले ग्राहकको आवेदन लिएर राष्ट्र बैंकमा बुझाउनेछन् । राष्ट्र बैंकले तिनीहरुको अध्ययन गरी निर्णय लिनेछ ।

पुनरकर्जाका लागि ऋणीले जुन बैंकबाट ऋण लिएको हो, सोही बैंकको सोही शाखामा निवेदन दिनुपर्ने प्रावधान छ । यसका लागि असोज १४ सम्म आवेदन बुझाइसक्नुपर्ने राष्ट्र बैंकले बताएको छ । बैंकहरुले आवश्यक कागजात संलग्न गरी नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ अनुसुची १ बमोजिम आवेदन दिनुपर्ने छ ।