नेकपा पालुङटार नगर कमिटीले नगरपालिकालाई बुझायो ज्ञापनपत्र


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७
6.5K
SHARES

२३ भदौ काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर कमिटीले पालुङटार नगरपालिकालाई ज्ञापनपत्र बुझाएको नेकपा पालुङटार नगर कमिटीका अध्यक्ष अजय देवकोटा ‘विवस चिन्तन’ले पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेललाई कोरोना भाइरसको कारणले उत्पन्न पछिल्लो परिस्थितीको बारेमा स्थानीय सरकारले सम्पदान गरेका कार्यहरुप्रति सुझाब सहित ज्ञापनपत्र बुझाएको हो।

नगरपालिकाले कोबिड-१९ को मारमा परेकाहरुलाई न्यायोचित रुपमा राहत वितरण नगरिएको आरोप लगाउदै १० बुँदे ज्ञापनपत्र बुझाइएको विद्यार्थीका जिल्ला नेता अशोक मरहठाले जानकारी दिए।

नेकपाले बुझाएको ज्ञापनपत्रमा कोभिड संक्रमण नियन्त्रणको लागि स्थापना भएका करेनटाइनहरु व्यबस्थित नभएको, आपपिपल अस्पतालमा बनाइएको भनिएको आइसोलेसन प्रचारमा मात्र सिमित भएको, नमुना परिक्षणमा ध्यान नदिएको, जनतालाई कोरोना बारे सु-सुचित हुने कार्यक्रमहरु नगरिएको उल्लेख छ ।