बिरयानी टिमले खुवायो भोको हरुलाई खाना।
२६ भदौ काठमाडौँ । राजधानी काठमाडौँमा आज बिरयानी टिमले आफ्नो पुर्वनिर्धारित कार्यक्रम अनुसार भोको हरुलाई खाना खुवाउने काम सुरु गरेको छ। नेपाल प्रहरी संगको सहकार्यमा आज काठमाडौँको बल्खु कुल्श्वर क्षेत्रमा करिब १५० जना लाई खाना खुवाउने कार्य सम्पन्न भएको छ ।
आज देखि सुरु भएको भोको हरु लाई खाना खुवाउने कार्यक्रम निरन्तर चलिरहने र आगामी दिनहरुमा पनि झन् बढी भोको हरु लाई खाना प्रदान गर्ने बाचा समेत बिरयानी टिमले गरेको छ।
बिरयानी ब्रान्डको चाहना हरेक भोको को थाल मा खाना अन्तर्गत भोलि २५० जना भोका हरुलाई तिलगंगा आखा अस्पताल आगाडी र ५० जना लाई बल्खुमा खाने खुवाउने कार्यक्रम रहेको बिरयानी टिमले जनायको छ ।