शेरधन राईविरुद्धको मुद्दा फिर्ता लिएकी खड्का पेरिसडाँडाबाट पक्राउ
४ अशाेज काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको बेला दोलखा घर भएकी बालिका खड्का कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ परेकी छन् ।
केही दिनअघि प्रमाण पुर्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् । उनलेे लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको अरोप लगाउँदै आएकी थिइन् ।
पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषणा गरेको खड्काले आरोप लगाउँदै आएकी थिइन्