काेभिड १९ भाेलेन्टियर सर्भिसको अन्तरक्रिया कार्यक्रम सम्पन्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७
5.7K
SHARES

६ असोज काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता  नारायणकाजी श्रेष्ठ’प्रकास’ को निजी सचिवालयअन्तर्गत गठित काेभिड १९ भाेलेन्टियर सर्भिसको अन्तरक्रिया कार्यक्रम  आज काठमाडौकाे रानीवनमा सम्पन्न भएकाे छ।                                      उक्त कार्यक्रममा श्रेष्ठले कोभिड -१९ ले विश्वभर ठूलो क्षति पुगेको र स्वास्थ्यमा मात्र नभई मानव जीवनको सबै आयाममा यसको असर परेकोले विशुद्ध सामाजिक भावनाले जनताको सेवामा समर्पित हुन स्वयंसेवी अभियान अगाडि बढान निर्देशन दिएका छन । यो अभियान नेपाल सरकारले कोभिड-१९ सँग लड्न तयार गरेको रणनीति र कार्यक्रमको सहयोगका लागि शुरु गरिएको तथा सामान्य र पहुँच नपुगेकाहरुको सेवामा समर्पित हुन निर्माण गरिएकोले सोही बमोजिम काम गर्न स्वयंसेवकहरुलाई निर्देशन समेत दिए।