प्रधानमन्त्री ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको कार्यकारी अध्यक्ष दाहालकाे दाबी


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०७७
8.4K
SHARES

१६ कार्तिक काठमाडौ । प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।आफ्नै निवास खुमलटारमा  बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राखेको बताएका हुन्।

वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ खुमलटारमा आज भेला भएका थिए।