भारतमा नव नियुक्त सेनाध्यक्ष आज नेपाल आउदै


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७
2.8K
SHARES

१९ कात्तिक काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीनदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै छन् । नेपाल र भारतबीच सम्बन्धमा चिसोपन आइरहेका बेला भारतीय सेनाध्यक्षको तीनदिने औपचारिक भ्रमण भएको छ ।प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लाग्नुभएका भारतीय स्थल सेनाध्यक्ष नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

भारतमा नियुक्त हुने नयाँ स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी र नेपाली सेनाको नयाँ प्रधानसेनापतिमा नियुक्त भएपछि भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने प्रचलन रहेको छ ।नेपालप्रति कठोर नीति अपनाउने स्थल सेनाध्यक्ष नरावणेले शुरुमा नेपाल आउन आनाकानी गर्दै आउनुभएको थियो । सेनाध्यक्ष नरावणे आज बुधबार आफ्नै विशेष विमानबाट काठमाडौं आउन लाग्नुभएको हो ।भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलको भ्रमणका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नरावणेको नेपालमा औपचारिक भ्रमण हुन लागेको हो ।