काठमाडौंको कलंकीमा दुर्घटना तीन जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०७७
5K
SHARES

२७ कात्तिक काठमाडौ । काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकमा मिनीट्रक ठोक्किँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। आज बिहान उक्त दुर्घटना भएको हो।

मकालु पेट्रोल पम्पछेउ रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको मिनी ट्रकले बिहीबार बिहान ३:२५ बजेतिर ठक्कर दिएको हो।

दुर्घटनामा मिनीट्रकका चालक नुवाकोटको सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, साेही ट्रकमा सवार नुवाकोटकै तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र तारकेश्वरकै २७ वर्षीय भूपेन्द्र तामाङको मृत्यु भएको हो।

यस्तै सोही ट्रकमा सवार तारकेश्वरका २२ वर्षीय विजय तामाङ गम्भीर घाइते छन् ।मिनीट्रकका सहचालक रोमन तामाङलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।