अब बहस गर्न ३० मिनेट मात्र समय

संसद विघटन


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ७ २०७७
3.4K
SHARES

७ माघ काठमाडौं। अब प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न अब ३० मिनेट मात्र समय पाउने भएका छन् । एउटै कानुन व्यवसायीले घण्टौं समय लिएर बहस गर्न थालेपछि आजदेखि समय निर्धारण भएको हो ।

आज  संवैधानिक इजलासमा सुनुवाइ शुरु भएलगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बहस गर्दा ३० मिनेट समयभित्र टुंग्याउन निर्देशन दिए । यो निर्देशन अब आदेशका रुपमा रहनेछ ।

अब संवैधानिक इजलासमा बहस गर्ने पक्ष विपक्षका वकिलले आधा घण्टामा सक्नुपर्ने भएको छ । मंगलबारदेखि नै बहस गरिरहेका चन्द्रकान्त ज्ञवालीलाई आधा घण्टाभित्र बहस सक्न भनिएको थियो । प्रधान न्यायाधीश अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ,अनिल सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।