२४ घण्टामा थप ३१८ जना कोरोना संक्रमित थपिए
७ माघ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ।
हाल देशभर ३ हजार ६ सय ९३ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ५ हजार १२ पीसीआर परीक्षण भएको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ।