सर्वाोच्चमा शम्भु थापाको प्रश्न : श्रीमान्, पदअनुसार संविधान फरक हुन्छ र ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७
5.5K
SHARES

१३ माघ काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सोमबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भयो। करिब ३ सय वकिलले वकालतनामा लेखाएको प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापाले सुरुमै बहस गरेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानलाई टेकेर प्रतिनिधिसभा बिघटन गरेको भए त्यस्तो कुनै प्रावधान नरहेको व्याख्या गरे। थापाले प्रधानमन्त्रीसँग अर्को संविधान भए मात्रै प्रतिनिधिसभा बिघटन सम्भव हुने तर्क गरेका छन्। उनले भने, ‘म नयाँ कुरा गर्छु भन्ने होइन’ यत्रो इजलासबाट संविधान पल्टाएर श्रीमानहरूबाट जिज्ञासा आइरहेको छ। संविधान त त्यही हो निु’। प्रधानमन्त्रीसँग अर्कै संविधान छ र ? संविधानसभाका अध्यक्षसँग अर्कै संविधान छ र ? ‘हामीसँग संविधान एउटै छ। तर फरक फरक व्याख्या भइरहेको छ। संविधान एउटै भएपनि पदमा पुगेपछि फरक -फरक व्याख्या भइरहेको छ, उनले व्यङ्ग्य गर्दै भने, ‘एउटै संविधान हो। मैले भन्ने चाहिँ संविधानले बेला बेला बोली फेर्नु भएन भन्ने मात्र हो।’