कोरोनाको खोप लगाएपछि धमाधम बिरामी


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १७ २०७७
5.2K
SHARES

१७ माघ दोलखा। दोलखामा कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड लगाएकाहरु बिरामी पर्न थालेका छन् ।

चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केही बिरामी पर्न थालेका हुन् ।

बुधबार १५५ जनाले भ्याक्सिन लगाएकोमा करिब ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी थलिएका छन्। ‘बिरामी पर्न थालेको जानकारी प्राप्त भएको’ जनाउँदै स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार भने, ‘सामान्य अफ्ठ्यारो भए पनि अस्पताल नै भर्ना गर्नुपर्ने बिरामी भएका छैनन् ।’