लोडसेडिङको अन्त्य प्रचण्ड र जनार्धनले गरेकाहुन – नेता पुन


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १७ २०७७
11.9K
SHARES

१७ माघ सन्धिखर्क। नेकपा नेता बर्षमान पुनले लोडसेडिङको अन्त्य गर्ने श्रेय लिन कसैले भन्दै हिंड्नु नपर्ने बताएका छन् ।

लोडसेडिङ अन्त्य कसरी र कस्को पालोमा भयो भन्ने सबैले बुझिसकेकाले मैले लोडसेडिङ अन्त्य गरे भन्दै भाषण गर्नु नपर्ने बताए । ‘लोडसेडिङ अन्त्य भएको बारे भाषण गर्दै हिंडेको देखेको छु, उनले उर्जामन्त्री टोपबहादुर रायमाझी तिर इंकित गर्दै भने, ‘सबैलाई थाहा भएको कुरा भन्दै हिंडेर फेरिने होइन ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले लोडसेडिङ टोपबहादुर रायमाझीले नभई प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला अन्त्य भएको बताए । कुलमानलाई पनी उहाँहरुकै पालामा नियुक्ती गरिएको उनको भनाई छ ।