झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई पत्र


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २१ २०७७
6.3K
SHARES

२१ माघ काठमाडौं। सत्तारुढ दल नेकपाको महिला संगठन अखिल नेपाल महिला संघ (ओली समूह)ले नेकपा प्रचण्डमाधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा गत माघ १६ गते गोरखाको एक कार्यक्रममा सम्बोधनको क्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्रिक हया गरेको भन्दै संघले झाँक्रीलाई पक्राउ गर्न ज्ञापन पत्र बुझाएको हो ।

संघले राष्ट्रपति संस्था र त्यसमा आसिन भण्डारीको चारित्रिक हत्या गर्दै लाञ्छना र गाली बेइज्जती गरेकाले उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेको संघकी नेतृ सुजिता शाक्यले बताइन् ।