जनयुद्ध दिवशको अवसरमा जौबारीमा दिप प्रज्वलन


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १ २०७७
9.8K
SHARES

१ फागुन गोरखा ।आज २६औं ऐतिहासिक जनयुद्ध दिवसको
उपलक्ष्यमा गोरखाको सिरानचोक गाउंपालिकाको जौबारी  पनि दिप प्रज्वलन गरि मनाईएको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेश सम्पर्क समितिका सदस्य उद्धव गुरुङले अतिथिको रूपमा आफनो भनाई राखेका थिए ।

जौबारीले विभिन्न राजनैतिक आन्दोलनहरूमा सक्रियता देखाउदै आफ्नो भूमिका राख्नुको साथै जनयुद्धको समयमा पनि महत्वपूर्ण योगदान रहेको कुराको चर्चा गरे । उनले भने जनयुद्धमा माहान सहिदले देखाएको बाटोमा हिड्दै उनिहरूले बोकेको सपना आफुहरूले पुरा गरि छाड्ने बताए । एक फरक प्रशंगमा ओलि सरकारले गरेको प्रतिगामी कदमको विरूद्धमा काठमाडैमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूमा जौबारीको मनिसहरूको राम्रो सहभागिता रहेकोमा सबैलाई धन्यवाद व्यक्त गरे।

वडा कमिटिले आयोजना गरेको उक्त कार्यक्रम वडाका अध्यक्ष  दिपक श्रेष्ठले सन्चालन गरेका थिए । पुराना कम्युनिष्ट नेताहरूको साथै पार्टी सदस्य सुभचिन्तक लगायतको उपस्थिति रहेको थियो ।