कुलमानले लोडसेडिङ हटाए, कुलमानलाई ओलीले हटाए – डा. भट्टराई
५ फागुन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्षे कार्यकालको उपलब्धीहरुको सूचिमा लोडसेडिङको अन्त्य गरिएको विषय पनि समावेश गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कुलमान घिसिङले लोडसेडिङ हटाएको र ओलीले कुलमान हटाएको भन्दै प्रधानमन्त्रीलाई व्यंग गरेका छन्।
सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘‘कुलमानले लोडसेडिङ हटाए, ओलीले कुलमानलाई हटाए, त्यसैले ओलीले लोडसेडिङ हटाए। यसलाई भनिन्छ ‘थ्योरी अफ ट्रान्सीटिभिटी।’