प्रतिनिधिसभा विघटन असंवैधानिक हो – उपराष्ट्रपति पुन


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ५ २०७७
5.6K
SHARES

काठमाडौं, ५ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनले मुलुकलाई राजनीतिक संकटतर्फ धकेलेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसले मुलुकलाई राजनीतिक संकटतर्फ धकेलेको बताएका हुन् ।

प्रतिनिधिसभा विघटनपछि गहिरिदो राजनीतिक संकटबाट जनतामा निराश र आक्रोश छाएको उनले बताए ।

उनले संविधान कार्यान्वयनको प्रारम्भीक चरणमै प्रतिनिधिसभा भंग हुनु गलत भएको र यसले राजनीतिलाई सही दिशामा नलैजाने तर्क गरे । उपराष्ट्रपति पुनले संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने धारणा राखे ।

पत्रकार महासंघसँगै पूर्वप्रधानन्यायाधीशहरुले समेत संसद विघटन असंवैधानिक भनेको भन्दै उनले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्ने जिकिर गरे । उनले संविधानको संरक्षण र पालना सवै संघसंस्था र नागरिकको कर्तव्य भएको बताए ।