कोरोना अपडेटः ८८ जना संक्रमित, १३६ डिस्चार्ज


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७
3.3K
SHARES

८ फागुन काठमाण्डौं । नेपालमा आज ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २ हजार ४८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै देशभर संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।

यस्तै २४ घण्टामा १३६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । कोरोनाबाट नेपालमा हाल सम्म २०६१ जना मानिसको ज्यान गएको छ ।