उपचारका लागि डा. भट्टराई दिल्ली जाँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन ९ २०७७
10.5K
SHARES

९ फागुन काठमाण्डौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पेटमा समस्या देखिए पछि उपचारका लागि आज भारत जाने भएका छन् ।

ललितपुरको निदान अस्पतालमा उपचार गराउदै आएका डा. भट्टराई थप उपचारका लागि आज नेपाल वायु सेवा निगमको जहाज मार्फत दिल्ली जान लागेका हुन् ।
दिल्लीमा उनको उपचार ुइन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा हुनेछ।

उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ। उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन्।

यस अघि केही दिन अघि उपचारका लागि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि दिल्ली गएका थिए ।
नेपालका प्रायः नेताहरु थप उपचारका लागि भारत जाने गरेका छन् ।