प्रधानमन्त्री ओलीको ७० औं जन्मउत्सव सरकारी निवासमै


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ११ २०७७
6.9K
SHARES

११ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना वुवा , पत्नी सहित सीमित परिवारका सदस्यको उपस्थितिमा जन्मदिन मनाएका हुन् ।
प्रधानमन्त्रीका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य लगायत आफन्तहरुले प्रधानमन्त्रीलाई शुभकामना दिएका थिए ।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् । गत वर्ष भने तेह्रथुम स्थित जन्मघरमा ओलीले हेलिकप्टरबाट नेपालको नक्सा अंकित केक लगेर काटेर जन्म दिन मनाएका थिए । यसको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।