पुष ५ पछिका सबै नियुक्ति खारेज


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ११ २०७७
8K
SHARES

काठमाडौं ।सर्बोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेसँगै पुस ५ गतेपछि भएका सबै नियुक्ति खारेज हुने भएका छन् ।

आज प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभाको पुनर्स्थापनाको फैसला सुनाएका थिए ।लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।