गृहमन्त्रीका स्वकीय सचिव सुदिप प्रचण्डतिर
काठमाडौं, १६ फागुन । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ स्वकीय सचिवका रुपमा कार्यरत बिरु तामाङ सुदिप प्रचण्डतर्फ लागेका छन् । सुरुदेखि नै उनको स्वीकय सचिवका रुपमा कार्यरत बिरु तामाङ प्रचण्डतर्फ लागेका हुन् । यसअघि उनका राजनीतिक सल्लाहकार प्रचण्ड माधव नेपाल समुहमा लागिसकेका छन् ।
नेकपाको विवादमा बादल केपी ओली पक्षमा लागेका थिए । तर, उनका सबै सांसद भने प्रचण्ड पक्षमा लागेका छन् ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पछिल्लो समय एक्लिदै गएका छन् । गृहमन्त्री पदकै लोभमा उनले आफ्नो राजनीतिक करिअर धरापमा पारेको टिप्पणी उनी निकट नेताहरुको छ ।