काग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७
17.1K
SHARES

१८ फागुन काठमाडौँ। नेपाली कांग्रेसका संगठन विभाग प्रमुख तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन्। आइतबार शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

‘हिजो (आइतबार) उहाँको अक्सिजनको लेभल अस्वभाविक घटेछ। अनि हिजो नै अस्पताल ल्याइएको हो। उहाँको कान केही पहिलेदेखि दुखिरहेको थियो,’ गण्डकी प्रदेश सभाका सदस्यसमेत रहेका कांग्रेस नेता मेखलाल श्रेष्ठले भने, ‘अहिले अक्सिजनको लेभल केही बढेको रिपोर्ट आएको छ।

केही दिन उहाँ अस्पतालमै रहेर डाक्टरहरुको परामर्शमा हुनुुहुन्छ।’