हामीहरूसग हतियार छैन – नेता बास्तोला
२२ फागुन काठमाडौ । नेकपा विप्लव समूहले आफूहरुसँग कुनै हतियार नभएको दावी गरेको छ । सरकारसँग तीन बुँदे सहमतिका क्रममा हतियार व्यवस्थापनका कुरा कहीँकतै उल्लेख नभएपनि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला सो पार्टीले आफूहरुसँग कुनै हतियार नरहेको दावी गरेको हो।
आज राजधानीमा आयोजित कार्यक्रममा तपाईँहरूसँग भएको हतियार कहाँ छ ? भन्ने प्रश्नमा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले भने,‘त्यो कुरा अहिले यहाँ गर्न जरुरी छैन । हामीसँगको कुरा छैन त्यो । हामीलाई हाम्रो पार्टी हतियार लिएर लड्ने, हामीले भनेको सशस्त्र युद्ध पनि होइन । सशस्त्र विद्रोहको कुरा पनि होइन ।
हामीले भनेको त एकीकृत जनक्रान्ति हो । वैज्ञानिक समाजवाद स्थापना गर्नै हो । क्रान्ति भनेको आमूल परिवर्तन गर्ने हो ।