प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका १२ ऐतिहासिक काम


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७
3.5K
SHARES

२७ फागुन काठमाडौँ । विकास र समृद्धिमा विश्वमै सवैभन्दा पछाडि परेको नेपालले वर्तमान एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका एक दर्जनभन्दा बढी ऐतिहासिक कामहरु भएका छन् ।

उक्त ऐतिहासिक कामहरुलाई नेपालको इतिहासले कहिले पनि भुल्न समेत नसक्ने भएका छन् ।विकास र समृद्धिको यात्रामा मात्र नभई मुलुकमा शान्ति, अमनचयन, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सर्वाभौमिकता लगायतका कुराहरुमा प्रधानमन्त्री ओलीको नेतृत्व आएसँगै मुलुकको यात्रा समेत अध्यारो युगबाट उज्यालो तिर शुरुवात भएको छ ।

सम्भव छ भन्ने मान्यतालाई मिसन र भिजनका साथ प्रधानमन्त्री ओलीले एक पछि अर्को साहसिक कदम चलाउँदै मुलुकलाई शान्ति, स्थिरता र विकासलाई एक कदम अगाडी मात्र नभई दैडाउनुभयो, जसले नेपाली जनताको विकास प्रतिको सपना यथार्थमा रुपान्तरण हुँदै गएको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका जनमूखी तथा राष्ट्रमूखी कामहरू

१. जातिय द्वन्द माथी विजयी
२. नाकाबन्दीको कडा सामना
३. चीनसँग ऐतिहासिक पारवहन सम्झौता
४. सिके राउतलाई मुलधारमा
५. नेपालको क्षेत्रफल विस्तार (लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नेपालको नयाँ नक्सा सार्वजनिक गर्नु तथा संविधान शंसोधन)
६. विप्लवको शान्तिपूर्ण राजनीतिमा अवतरण
७. विकासप्रति दृष्टी र योजना
८. राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, सार्वभौमिकताको प्रवद्र्धन
९. मेलम्चीको पानी काठमाडौँ झार्नु
१०. रेलमार्ग, सुरुङ मार्ग, हवाई मार्गको शुरुवात तथा स्तरउन्नती
११. नेपाललाई विकसित मुलुकमा स्तरउन्नती गर्नु
१२. पाइपमा पेट्रोलियम पदार्थको सञ्चालन