विप्लवले सुरक्षा फिर्ता गरे


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८ २०७७
5.7K
SHARES

२८ फागुन काठमाडौ । नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको थियो। सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियो।

पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहाँबाट सुरक्षा फिर्ता गरेको स्रोतले भन्यो ।महासचिव विप्लवले जनताको विचमा छु,मलाई त्यस्तो छुट्टै सुरक्षा चाहिदैन्,तपाईंहरूलाई धन्यवाद भन्दै फिर्ता पठाउनु भयो स्रोतले भन्यो ।